Logo

हुण्डाईको मेगा एक्स्चेञ्ज सप्ताह शुरु, सवा ६ लाखको अफर

हुण्डाईको मेगा एक्स्चेञ्ज सप्ताह शुरु, सवा ६ लाखको अफर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई मेगा विक’ संचालनमा ल्याएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहकलाई लक्षित गर्दै मेगा एक्स्चेञ्ज सप्ताह संचालनमा ल्याएको हो ।

आजबाट शुरु भएको सो अफर मंसिर २ गतेसम्म चल्नेछ । हुण्डाईका सबै मोडलका गाडीमा लागू हुने यो योजना देशभर संचालनहुने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हुण्डाईले एक्स्चेञ्जसँगै अविश्वसनिय मुल्याङ्कनसँगै उपहार, उष्कृष्ट नगद छुटलगायतका योजना समेत ल्याएको छ । यस योजना अन्तरगत ग्राहकले ६ लाख २० २० हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।

यसैगरी स्पट फाइनान्स, ४ वर्ष फ्रि सर्भिस, ३ वर्ष को वारेन्टि, २० हजार रुपैयाँको लोयल्टी बोनस र १ लाख रुपैयाँसम्मको एक्स्चेञ्ज बोनस पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL