Logo

भार्गवको ८० प्रतिशत हकप्रद बिक्री खुला, यी हुन आवेदन दिने स्थान

भार्गवको ८० प्रतिशत हकप्रद बिक्री खुला, यी हुन आवेदन दिने स्थान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भार्गव विकास बैंकले निश्कासन गरेको हकप्रद आजबाट बिक्री खुला गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई जारी गरेको ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रदमा कात्तिक १४ गतेसम्म कायम सेयरधनीले मंसिर २८ गतेसम्म आवेदन दिन पाइने छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

सो हकप्रदमा अभार्गव विकास बैंकका शाखाहरु, एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका चावहिल, कलंकी, कुमारीपाटी, सुर्यविनायक, बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, विरगन्ज, जनकपुर, चितवन र झापा शाखाबाट हकप्रद आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL