Logo

सेञ्चुरीको नाफा बढ्यो, ३ महिनामा कमायो साढे १० करोड

सेञ्चुरीको नाफा बढ्यो, ३ महिनामा कमायो साढे १० करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा आफ्नो नाफामा बृद्धि गरेको छ । बैंकले आफ्नो नाफामा गत आबको सोही अबधिको तुलनामा ३ करोड रुपैयाँ बृद्धि गर्दै कुल १० करोड ५७ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ ।

सो अबधिसम्म आईपुग्दा बैंकले ४५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४० अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल बैंकको चुक्ता पूँजी भने ५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकको संचित कोषमा १ अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खराब कर्जा भने बढेको छ । गत आबको पहिलो त्रैमासमा खराब कर्जा कुल कर्जा प्रबाहको १ दशमलव १५ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा बढेर १ शदमलव ७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL