Logo

ब्रोकरलाई ५ अर्बको मार्जिन ल्याण्डिङ सुबिधा

ब्रोकरलाई ५ अर्बको मार्जिन ल्याण्डिङ सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ब्रोकर कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको मार्जिन ल्याण्डिङ गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिन, २०७४’ जारी गरेसँगै ब्रोकरले सो बराबरको मार्जिन सुविधा पाएका हुन् ।

सेबोनले सोमबार निर्देशन जारी गर्दै ब्रोकरलाई मार्जिन ल्याण्डिङको सुविधा दिएको थियो । निर्देशन अनुसार मार्जिन कारोबार गर्ने ब्रोकर कम्पनीले खुद सम्पती ५ करोड रुपैयाँ हुनुपर्छ । एउटा ब्रोकरले आफ्नो खुद सम्पतीको २ गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ सुविधा पाउनेछन् ।

हाल ५० वटा ब्रोकर कम्पनी रहेका छन् । ती कम्पनीले अहिलेकै बोर्डले तोकेको खुद सम्पतीको आधारमा मार्जिन ल्याण्डिङ गर्दा ५ अर्ब रुपैयाँसम्म मात्र गर्न सक्नेछन् । ब्रोकर कम्पनीलाई खुद सम्पतीको २ गुणामात्र लगानी गर्न सक्नेगरी सिमा तोक्नु उपयुक्त नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउँछन् । ‘२ गुणाको सिमा तोक्दा एकमदै कम लगानी हुन्छ,’ उनले भने, ‘तसर्थ यसको सिमा बढाईनु पर्छ ।’

हाल ब्रोकरको चुक्ता पूँजी २० लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म २ करोड रुपैयाँ पुर्याउन नेपाल स्टक एक्स्चेञ्जले निर्देशन दिएको छ । तर, मार्जिन ल्याण्डिङको लागि खुद सम्पती ५ करोड रुपैयाँ चाहिने भएकाले ब्रोकर कम्पनीले अझै आफ्नो चुक्ता पूँजी बृद्धि गर्नुपर्ने हुन्छ ।

बोर्डले ल्याएको निर्देशनले तत्कालका लागि दायरा सानो भएपनि दिर्घकालिन रुपमा राम्रो हुने नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मी बताउँछन् । ‘बोर्डले पहिलो पटक ब्रोकरलाई मार्जिक ल्याण्डिङको सुविधा दिएको छ यो एकदमै सकारात्कम छ,’ उनले भने, ‘तर, यसलाई कार्यान्वयनमा ल्याउन तदारुपकता देखाउनु पर्छ ।’ विशेष गरी मार्जिक ल्याण्डिङ अन्तरगत भएको सेयर कारोबारको अनलाई ट्रयाकिङ सिस्टम बनाउनु पर्ने उनको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL