Logo

चन्द्रागिरी हिल्स र टर्किस एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा छुट

चन्द्रागिरी हिल्स र टर्किस एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चन्द्रागिरी हिल्स र टर्किस एयरलाईन्सबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच टिकट खरिदमा छुट लिने दिने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाईन्सका तर्फबाट अबदुल्हा तुन्सेर केसेचीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार चन्द्रागिरी हल्समा कार्यरत कर्मचारीले टर्किस एयरलाइन्सको सेवामा छुट पाउने छन् । यसैगरीे टर्किस एयरलाइन्सका कर्मचारीले चन्द्रागिरि हिल्सको टिकटमा छुट पाउने सम्झौतामा उल्लेख छ ।

त्यस्तै टर्किस एयरलाइन्सका यात्रुले पनि चन्द्रागिरीमा छुट पाउने छन् । यात्रुले बोर्डिङ पासको आधारमा छुट पाउने छन् । यसैगरी चन्द्रागिरी गएका आगन्तुकले पनि टिकट देखाएको आधारमा टर्किस एयरमा छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL