Logo

आयल निगमका नयाँ प्रबन्ध निर्देशकको पहिलो निर्णय, ईन्धनको मूल्यवृद्धि

आयल निगमका नयाँ प्रबन्ध निर्देशकको पहिलो निर्णय, ईन्धनको मूल्यवृद्धि


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमको प्रबन्ध निर्देशकमा सुशिल भट्टराई नियुक्त भएसँगै उनले पहिलो निर्णय गर्दै पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेका हुन् । निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा तानेको भोलिपल्टै भट्टराईले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेका हुन् ।

बुधबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बृद्धि गर्दै १ सय रुपैयाँ पुर्याइएको छ । यसैगरी डिजेल र मट्टीतेलमा १ रुपैयाँ ५० पैसाको दरले बृद्धि गर्दै प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुर्याइएको छ ।

निगमले ग्याँसको मूल्य पनि बृद्धि गरेको छ । ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाईको गोइतले जानकारी दिए । अब ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ४ सय ५० रुपैयाँ पर्नेछ । निगमको मासिक घाटा उच्च रुपमा बढ्दै गएपछि मूल्य समायोजन गर्दै पेट्रोल तथा ग्याँसको मूल्य बृद्धि गरिएको उनले जानकारी दिए । ‘अहिले निगमको घाटा बढेर मासिक रुपमा २२ करोड रुपैयाँ पुगेको छ,’ उनले भने, ‘मूल्य समायोजन हुँदा मासिक पाक्षिक नाफा १ करोड ५७ लाख रुपैयाँ हुने अनुमान छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL