Logo

हकप्रदका लागि आस्वाबाटै आवेदन, उपत्यका बाहिरबाट ‘अक्सन’मा भाग लिन बोर्डले तोक्यो केन्द्र

हकप्रदका लागि आस्वाबाटै आवेदन, उपत्यका बाहिरबाट ‘अक्सन’मा भाग लिन बोर्डले तोक्यो केन्द्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन धितोपत्रको हकप्रद निष्काशनमा आस्वा प्रणाली लागू गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट वैकरहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी वनाई नियमपालनाको अवस्थालाई थप सुदृढ वनाउन बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट वैकर तथा आस्वा सदस्यहरुलाई उक्त दिर्नेशन दिएको हो ।

यसैगरी बोर्डले विक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरबाट समेत आवेदन दिन मिल्ने व्यवस्था गर्न सरोकारबाला निकायलाई निर्देशन दिएको छ । विशेषगरी उपत्यका बाहिरका प्रमुख व्यापारिक केन्द्रहरु विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्न नेप्से र अन्य सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायीले वोर्डमा पेश गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौंथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायीले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसँग लेखापरीक्षकवाट प्रमाणित नियमपालना प्रतिवेदन समेत पेश गर्न निर्देशन दिएको छ ।

उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै नेपालको धितोपत्र बजारमा उल्लेखनीय रुपमा सुधार आई सेयर लगानीकर्तालाई थप सहजता हुने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL