Logo

शिखर शुको क्रेजी मेलामा उपभोक्ताको भीड, स्पोर्ट जुत्तामा विशेष अफर

शिखर शुको क्रेजी मेलामा उपभोक्ताको भीड, स्पोर्ट जुत्तामा विशेष अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जाडो मौसमलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा शिखर शुले शुरु गरको शिखर क्रेजी सेल मेला उपभोक्ताको भीड बढेको छ ।

मेलामा ५० भन्दा बढी नयाँ मोडल सहित झण्डै ५ सय डिजाइनका जुत्ता तथा तथा चप्पल छानीछानी किन्न सकिने भएकाले पनि उपभोक्ताको भीड लागेको शिखर शुका निर्देशक संगीता कडरिया बताउँछिन् । ‘हामीले उपभोक्ताको माग र जाडो यामलाई लक्षित गर्दै स्पोर्ट जुत्तामा विशेष अफर ल्याएका छौं,’ उनले भनिन्, ‘जसले गर्दा मेलामा अवलोकनका लागि मात्र आउने ग्राहकले पनि जुत्ता खरिद गर्ने क्रम बढेको छ ।’

मेलामा जेन्ट तथा लेडिज दुबै खालका स्पोर्ट जुत्ता राखिएको छ । मेलामा खरिद गरिने जुत्ताहरुमा न्युनतम १० देखि ७० प्रतिशतसम्म छुट भएकाले पनि उपभोक्ताहरुको भीड बढेको हो । ‘यहि जुत्ताहरु शोरुममा खरिद गर्दा छुट पाइदैन,’ उनले भनिन्, ‘ग्राहकको सुविधालाई मध्यनजर गर्दै हामीले मेलामा अपत्यारिलो छुट दिएका छौं ।’

मेलामा १ सय रुपैयाँदेखि साढे ८ हजार रुपैयाँसम्म जुत्ता उपलब्ध छन् । यही कात्तिक ६ गतेदेखि शुरु भएको सो मेलामा झण्डै ५० हजार ग्राहकले अबलोकन गरेको कडरिया बताउँछिन् । ‘हामीले यस अघि पनि एकल मेला गरेका थियौं,’ उनले भनिन्, ‘मेलाको सफलता र ग्राहकको मायाले गर्दा दोस्रो मेला आयोजना गरेका हौं ।’ दोस्रो पटक गरिएको मेलामा पनि आफुहरुले सोचेभन्दा बढी ग्राहकको भीड भइरहेको उनी बताउँछिन् ।

मेलामा स्कुल, कलेजदेखि पार्टी वेयर तथा स्पोर्ट र अन्य कपडाको जुत्ता उपलब्ध छन् । सिमित अबधिको लागि राखिएको सो क्रेजी मेला बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL