Logo

बजाजको ‘६ नि शान’ को ६ लाख भण्डारीलाई

बजाजको ‘६ नि शान’ को ६ लाख भण्डारीलाई


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत स्क्रयाच कुपनमा धापासीका दोलराज भण्डारीले ६ लाख रुपैयाँ पाएका छन् । बजाज बाइकको नेपालको लागि अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले संचालन गरेको सो योजना अन्तरगत टेकू स्थित शोरुपमबाट बाइक खरिद गर्दा उनले ६ लाख रुपैयाँ पाएका हुन् ।

भण्डारीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेपछि स्क्रयाच कुपनबाट सो मात्रको रकम प्राप्त गरेका हुन् ।

दशैं तिहारको अवसरमा लागु गरिएको यस योजना अन्तर्गत हरेक ग्राहकले बजाज बाइकको खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । जस मार्फत ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्मको तत्काल निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL