Logo

सिभिल बैंकलाई हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति

सिभिल बैंकलाई हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । बैंकलाई बुधकार ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।

बैंकले १ सय रुपैयाँका दरले कुल २ करोड ७ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले उक्त हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL