Logo

ओमीले ल्यायो २० प्रतिशत बोनस सेयर र ३० प्रतिशतको हकप्रदको अफर

ओमीले ल्यायो २० प्रतिशत बोनस सेयर र ३० प्रतिशतको हकप्रदको अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । ओमीको मंगलबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

संचालक समितिको निर्णय अनुसार सेयर धनीलाई शुरुमा २० प्रतिशत बोनस सेयर दिइने भएको छ । उक्त बोनस सेयर समायोजन पश्चात ३० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

ओमीले उक्त प्रस्ताव कात्तिक ३० गते बस्ने साधारणसभामा पेश गर्ने भएको छ । साधारणसभाबाट प्रस्ताव पारित भएसँगै सेयर धनीलाई बोनस वितरण तथा हकप्रद बिक्री प्रक्रिया खुला गरिने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL