Logo

हिमस्टारले ल्यायो एलईडी बल्ब, बजार मूल्य १५०

हिमस्टारले ल्यायो एलईडी बल्ब, बजार मूल्य १५०


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब नेपाली बजारमा ल्याएको छ । कम्पनीले ८ वाटको एलईडी बल्बको बजार मूल्य १ सय ५० रुपैयाँ तोकेको छ ।

कम्पनीका अनुसार सो बल्बमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ । हिमस्टार एलईडी बल्ब मूल्य, लुमेन्स र गुणस्तरका कारण उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केहि समाधान गर्नका लागि सहयोग गर्ने हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए । ‘बल्बले न्यून उर्जाको खपत गर्ने र अन्य एलईडी बल्बहरुको तुलनामा उच्च तहको लुमेन्स प्रदान गर्दछ,’ उनले भने, ‘यो हाम्रो सानो प्रयासले विकासशिल क्षेत्रमा सकारात्मक उर्जाको विकास गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL