Logo

हुण्डाईको नयाँ थ्रीएस सेन्टर जनकपुरमा, प्रतिमहिना ३ सय गाडीलाई सेवा

हुण्डाईको नयाँ थ्रीएस सेन्टर जनकपुरमा, प्रतिमहिना ३ सय गाडीलाई सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले जनकपुरमा थी्रएस सेन्टर स्थपना गरेको छ । एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित जनकपुर स्थित आफ्नो डिलर ओम अटोमोबाइल्सको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर स्थापना गरेको हो ।

जनकपुर र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जानकारी दिएको छ ।

थ्रीएस सेन्टरको ओम अटोमोवाइलका अध्यक्ष वैध नाथ साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका नायब महाप्रवन्धक रूपेस शर्मा भट्टले संयुक्त रुपमा गरे ।

जनकपुरको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरको सोेरुममा ५ देखि ७ वटा सम्म गाडि डिस्प्ले गरिनेछ । उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३ सय वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुने कमपनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL