Logo

सामसङ कम्पनीका सिइओ ह्युनले दिए राजीनामा

सामसङ कम्पनीका सिइओ ह्युनले दिए राजीनामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजीनामा दिएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले राजिनामा दिएका हुन् । आफुले प्रविधिको बढ्दो चुनौती सामना गर्न नसक्ने भन्दै राजिनामा दिएको विदेशी सञ्चार माध्यमहरुले बताएका छन् ।

साथै नयाँ युवालाई अवसर दिन उनले राजिनामा दिएका हुन् । उनले नयाँ नेतृत्वले कम्पनीलाई अझ माथि पुर्याउने विशवास व्यक्त गरेका छन् ।
कार्यकारी प्रमुखको जिम्मेवारी छोडे पनि सन् २०१८ सम्म कम्पनीको बोर्ड सदस्यमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL