Logo

तीन सरकारी निकायले मागे १४६ कर्मचारी, सहायकदेखि मुख्य व्यवस्थापकसम्म माग

तीन सरकारी निकायले मागे १४६ कर्मचारी, सहायकदेखि मुख्य व्यवस्थापकसम्म माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै सहायक देखि मुख्य व्यवस्थापक पदसम्म कर्मचारी माग गरेको हो ।

कम्पनीले मुख्य व्यवस्थापक १० औं तहमा १ जना कर्मचारी माग गरेको छ भने ९ तहको व्यवस्थापक पदमा पनि १ जना नै माग गरेको छ । यसैगरी सह व्यवस्थापक चाटर्ड एकाउण्टेण्ट १, नायव व्यवस्थापकमा १ जना कर्मचारी माग गरेको छ ।

बीमा कम्पनीले सबैभन्दा बढी सहायक पदमा २४ जना कर्मचारी माग गरेको छ भने सहायक व्यवस्थापकमा ८ जना माग गरेको छ ।
उक्त पदमा आवेदन दिनका लागि प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म अध्यन गरेको हुनुपर्ने छ ।

यसैगरी काठमाडौं उपत्यकामा खानेपानी (केयुकेएल)ले उपप्रवन्धकदेखि सिनियर प्लम्बरसम्मका लागि ९१ र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले प्रशासकिय अधिकृतदेखि कानुन सहायकसम्म गरी १९ जना कर्मचारी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL