Logo

नेप्सेमा किन हुँदै छ उत्तारचढाव, ओरालो लाग्यो कारोबार

नेप्सेमा किन हुँदै छ उत्तारचढाव, ओरालो लाग्यो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लाग्दै केही समय उत्तारचढाव भएको नेप्से परिसुचक अन्तत ८ दशमलव १२ अंकले ओरालो लागेको छ ।

केही दिन यताको राजनीतिक तरङ्गका कारण बजारमा लगानीकर्ताहरु हत्तोसाहित हुन पुग्दा नेप्से परिसुचक ओरालो लाग्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अगामी दिनमा लगानीको वातावरण कस्तो हुन्छ भन्ने नै निक्र्यौल गर्न नसक्दा लगानीकर्ताहरुमा घट्दो बजारमा पनि बिक्री चाप गर्न थालेको हो ।

सोमबार बजारमा अतिरिक्त समुह बाहेकका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ४७ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ९ अंकले ओरालो लाग्दा विकास बैंक समुहको परिसुचकमा साढे १२ अंकको गिरावट आएको छ । बजारमा अन्य समुहका परिसुचक भने सामान्य ओरालो लागेका छन् ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४१ करोड रुपैयाँको कारोबार भएको नैप्सेमा आज खुम्चदै साढे ३१ करोड रुपैयाँमा सिमित भएको छ । दिनभर कुल १ सय ५२ कम्पनीको ६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL