Logo

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराई बने पहिलो विजेता

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराई बने पहिलो विजेता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मलेसियास्थित रिया आइएमइको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ योजनाको पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ ।

दशैं, तिहारको अवसरमा ल्याएको व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत सफ्टवेयर सिस्टममा आधारित रहेर विजेता द्धनोट गरिएको हो । रिया आइएमईका सेवाग्राही राममणि भट्टराई बिजेता बनेका हुन् ।

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए ।

उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL