Logo

नेप्सेलाई लाग्यो दशैं, ३ अंकले घट्दा ३१ करोडमा खुम्चियो कारोबार

नेप्सेलाई लाग्यो दशैं, ३ अंकले घट्दा ३१ करोडमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक २ दशमलव ९८ अंकले घटेको छ । दशंै अघि कारोबार हुने अन्तिम हप्ता नेप्से परिसुचक ओरालो लाग्नुका साथै कारोबार रकममा पनि सोही अनुरुप गिरावट आएको छ ।

अब बिक्री गरेको सेयरको दशै अघि राफसाफ नहुने र केही लगानीकर्ता दशैं मनाउन गाउँ गइसकेकाले पनि बजारमा कारोबार रकममा गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । यसैगरी पछिल्लो समय बजारमा बिक्री चाप परेकाले पनि नेप्से परिसुचकमा गिरावट आएको देखिन्छ ।

आईतबार बजार खुलेको केही समय सामान्य बढेर ओरालो लागेको नेप्से परिसुचक कारोबार बन्द हुँदा १ हजार ५ सय ३७ अंकमा झरेर अडिएको छ । बजारमा बैंक र व्यापारिक समुहका परिसुचक ओरालो लाग्दा अमग्र नेप्से परिसुचक घट्न भएको छ । तर, सोही दिन बीमा, फाइनान्स र होटल समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् ।

बजारमा दिनभर कुल ३१ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५० कम्पनीको ९ लाख ९१ हजार कित्ता सेयर कारोबार भए ।

प्रतिक्रिया दिनुहोस्
MBL