Logo

राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक, दुई पटक दाबी भुक्तानी

राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक, दुई पटक दाबी भुक्तानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगन सहित ल्याएका सो योजना बुधबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको छ । बिहीबारदेखि कार्यान्वयनमा ल्याइएको सो योजना बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् ।

सावधिक अवधि पुरा भएपछि एक पटक दाबी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दाबी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए । साथै सो योजनामा बीमा लेख लागु भएको दुई वर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिनेछ ।

समयसापेक्ष प्रतिष्पर्धाको लहरमा संस्थानले आफुलाई उभ्याइसकेको संस्थानका अध्यक्ष डा. खोमराज खरेलले बताए । साथै संस्थानमा लामो समयदेखि बाह्य लेखापरीक्षण हुन नसक्नु, संस्थानको आन्तरिक व्यवस्थापनमा उपयुक्त समन्वय हुन नसक्नु, समय सापेक्ष जनशक्ति तथा सूचना व्यवस्थापन प्रणाली तथा प्रविधि जस्ता चुनौतिलाई चिर्दै संस्थानलाई नयाँ ढंगबाट अगाडि बढाइएको समेत उनले जानकारी दिए । बाँकी रहेको सम्पूर्ण लेखापरीक्षण तीब्र गतिमा अगाडि बढाइएको समेत उनको दाबी थियो ।

राष्ट्रिय बीमा संस्थाको वित्तीय स्थिति ज्यादै नै सुदृढ रहेको भन्दै नियमनकारी निकाय बीमा समितिले तोकेको २ अर्ब पूँजी पुर्याउन त्यसको पूँजी योजना सञ्चालक समितिबाट पारित गरेर अर्थ मन्त्रालयमा स्विकृतिको लागि पठाइ सकेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL