Logo

ताम्राकारको पहिलो बम्पर उपहार चौधरीलाई, १५ हजारको मोबाइल किन्दा मोटरसाइकल

ताम्राकारको पहिलो बम्पर उपहार चौधरीलाई, १५ हजारको मोबाइल किन्दा मोटरसाइकल


बिजखबर संवाददाता
0
Shares

 

काठमाडौं । दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्र बिक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए ।

दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहारमध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो । बिभिन्न उपहारको बहार ल्याएको ताम्राकार मोबाइल कम्प्लेक्सको अन्य २ वटा मोटरसाइकल र स्कुटर भने दिपावली पछाडी लक्की ड्र मार्फत खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए ।

दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिरहेको यो बजारले साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन पनि बितरण गरिरहेको छ ।

अहिलेसम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

बम्पर पुरस्कार बिजेता चौधरीलाई मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका थिए ।

भदौ २२ गतेबाट सरु भएको मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको छ । अध्यक्ष साउदले सो अवधिमा २२ करोड ४० लाख बढीको कारोबार भएको जानकारी दिए । मेलाको दोस्रो हप्तासम्म ६० हजार बढी अबलोकनकर्ता आएको अनुमान आयोजकको छ ।
मोटरसाइकल बिजेता चौधरी, टेलिभिजन बिजेता र मोबाइल बिजेताहरुलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको मोबाइल ब्यापार संघका सचिव गुरुदत्त शर्माले बताए ।

छट पर्वसम्म जारी रहने यो मेलामा अझैं सयौं मोबाइल, पावर बैंक, ब्लुतुथ एअरफोन र टेलिभिजन बाँकी रहेको बजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL