Logo

सामसुङको नयाँ डिजिटल प्लाजा चुच्चेपाटीमा, बिहीबारदेखि सेवा शुरु

सामसुङको नयाँ डिजिटल प्लाजा चुच्चेपाटीमा, बिहीबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालीले चुच्चेपाटीमा नयाँ सामसुङ डिजिटल प्लाजा खोलेको छ । कम्पनीले बिहीबारदेखि सो प्लाजा सञ्चालनमा ल्याएको हो ।

सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्बसुलभ तरिकाले सामसुङका उत्पादन उपलब्ध गराउने उद्देश्यसहित नयाँ प्लाजा सञ्चालनमा ल्याएको हो । हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक सीमा गोल्छा र सामसुङका ब्राण्ड एम्वेष्डर ज्योत्सना योगीले शोरुमको उद्दघाटन गरे ।

प्लाजाले सामसुङ डिजिटल प्लाजामा कर्भड टिभीएस, एलइडी टीभीएस, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेशिनलगायत सामान विक्री गर्ने छ । कम्पनीले उपत्यकामा ८ ओटा र उपत्यका बाहिर ५ गरी १३ ओटा प्लाजा सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीका निर्देशक सीमा गोल्छाले गा्रहकहरुको बढ्दो आकर्षणले चुच्चेपाटीमा नयाँ शोरुम स्थापना गर्न उत्साहि बनाएको बताइन् । सो अवसरमा उनले शोरुमले ग्राहकका लागि आकर्षक अफर प्रदान गरेको समेत जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL