Logo

सिटी एक्स्प्रेस र मर्चेनट्रेडबीच सम्झौता, मलेसियामा रहेका नेपालीलाई पैसा पठाउन थप सहज

सिटी एक्स्प्रेस र मर्चेनट्रेडबीच सम्झौता, मलेसियामा रहेका नेपालीलाई पैसा पठाउन थप सहज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेनट्रेड एसियासँग रेमिटेन्स सेवा सुरु गरेको छ ।
मलेशियामा रहेका नेपालीहरुले कुनै पनि मर्चेनट्रेडको १०० भन्दा बढि तथा ४२५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्ने बताएको छ ।

त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेनट्रेड एशियाका चिफ मनी सर्भिस विजनेश अफिसर सरभेसवारन रमजा गोपालले हस्ताक्षर गरेका छन् ।

सम्भौतापत्रमा हस्ताक्षर गर्दै गोपालले लेसिटी एक्सप्रेस र मर्चेनट्रेडको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताएका छन् । साथै आउने दिनमा यो सम्बन्ध अझ मजबुत हुदै जाने जानकारी दिएका छन् ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवादिदैं आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL