Logo

प्रभु इन्स्योरेन्सले दियो १९ प्रतिशत बोनस, कर प्रयोगनका लागि नगद लाभांस

प्रभु इन्स्योरेन्सले दियो १९ प्रतिशत बोनस, कर प्रयोगनका लागि नगद लाभांस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई १९ दशमलव २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यसैगरी कम्पनीले बोनस सेयर बापत लाग्ने कर प्रयोजनका लागि नगद लाभांस समेत दिने भएको छ । प्रभुले सो बापत ५८ लाख ३६ हजार रुपैयाँ नगद लाभांस वितरण गर्न लागेको हो ।

उक्त बोनस सेयर स्वीकृतिका लागि बीमा समितिमा पठाइएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बीमा समितिबाट स्वीकृति भएर आएसँगै आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL