Logo

इन्भेष्टर्स फोरमको अध्यक्षमा आम्बिका पौडेल नियुक्त, पूँजी बजारमा आउला त सुधार ?

इन्भेष्टर्स फोरमको अध्यक्षमा आम्बिका पौडेल नियुक्त, पूँजी बजारमा आउला त सुधार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल चयन भएको छ । फोरमको कार्यसमितिले उनलार्य सर्वसम्मतिमा अध्यक्ष्मा चयन गरेको हो ।

इन्भेष्टर्स फोरमका तत्कालिन अध्यक्ष डा. आत्माराम घिमिरेले राजिनामा दिएसँगै पौडेललाई सो पदमा चयन गरिएको हो । यसैगरी फोरमको रिक्त रहेको उपाध्यक्ष पदमा छोटेलाल रौनियारलाई चयन गरिएको छ । फोरमका तत्कालिन रणकेशव प्रधानले राजिनामा दिएसँगै सो पद खाली थियो ।

साथै फोरमले रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरेको छ । फोरमको अध्यक्षमा पौडेल नियुक्त भएसँगै आगामी दिनमा पूँजी बजारमा विकासको लागि कोसेढुङ्गा सावित हुने सम्बद्ध लगानीकर्ताहरको भनाई छ । पौडेल पूँजी बजारको एक विश्लेषक र सोही क्षेत्रमा लामो अनुभव भएकाले पनि अबमा दिनमा पूँजी बजारलाई सहि दिशामा लैजान मद्दत पुग्ने फोरमको तर्क छ ।

फोरमको नवनियुक्त अध्यक्ष पौडेलले लामो समयदेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहनगएको भन्दै पूँजी बजार विकासका लागि तत्काल सक्षम योग्य एवं अनुभवी व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL