Logo

एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’ बम्पर उपहार ‘आर वान फाइभ बाइक’

एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’ बम्पर उपहार ‘आर वान फाइभ बाइक’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशै र तिहारको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ ।

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन् । साथै सुनचाँदीको सिक्कासमेत पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एक जनाले ‘आर वान फाइभ बाइक’, एक जनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने छन् ।

एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधासमेत ग्राहकले पाउने छन् । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधासहित बिश्व बजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL