Logo

ताम्राकार मोबाइल कम्प्लेक्समा ५हजार स्मार्टफोन बिक्री, साढे ७ करोडको कारोबार

ताम्राकार मोबाइल कम्प्लेक्समा ५हजार स्मार्टफोन बिक्री, साढे ७ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

 

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अबलोककर्ताको घुइँचो लागेको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले बताए ।

मेलामा साढे ७ करोड भन्दा बढीको कारोबार भइसकेको उनले जानकारी दिए । मोबाइल मेलामा लक्की ड्र मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक , ब्लुतुथ हेडफोनको लक्की ड्र मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

मेलामा सोचेको भन्दा बढी व्यापार भएको छ । साथै असोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ, लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार
भइरहेको छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ । एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL