Logo

केएल टावरमा मोबाइलको मेगा मेला, जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने

केएल टावरमा मोबाइलको मेगा मेला, जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने छ ।

केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् । मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने आयोजकले जानकारी दिएको छ । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए ।

यसको साथै मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजना सँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको छ ।

केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर बिजय लामाले एस ८ प्लस हस्तान्तरण गरेका थिए ।

यसैगरि बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बासडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् ।

दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् ।

मेगा मेलामा नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटको कारोबा हुने छ भने घरमा थन्कीएर बसेका नबन्ने मोबाइल सेटहरु पनि साट्न पाइने ब्यबस्था गरिएका कारण ग्राहकले प्रत्यक्ष फाइदा लिन सक्ने बिश्वास केएल मोबाइल हबका सेल्स मेनेजर अजय लामाको छ । मेगा मेला तिहार सम्म संचालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL