Logo

नेप्सेले फेर्यो रङ, बैंक र बीमाले उचाल्यो बजार

नेप्सेले फेर्यो रङ, बैंक र बीमाले उचाल्यो बजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनयता बियरिस ट्रेण्ड समातेको नेप्से परिसुचकले साताको अन्तिम दिन एकाएक बुलिस ट्रेण्ड समात्न पुगेको छ । यो हप्ताभरी नै लगानीकर्तालाई अत्याएको नेप्सेले अन्तिम दिनमा आएर आशा जगाएको हो ।

बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ३७ दशमलव ११ अंकले बढ्न पुगेको छ । बिहीबार परिसुचक १ हजार ५ सय ३० अंकभन्दा माथी पुगेर अडिएको छ ।

बजारमा बीमा र बैंकिङ समुहका परिसुचक सबैभन्दा बढीले उकालो लागेका छन् । जसमध्ये बीमा समुहको परिसुचक २ सय ४९ अंकले बढ्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि झण्डै ३७ अंकले उकालो लागेको छ ।

बिहीबार बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा फाइनान्स, जलविद्युत तथा विकास बैंक लगायत सबै समुहको परिसुचक दोहोरो अंकले बढेका छन् ।

बजारमा नेप्से परिसुचक बढेपनि कारोबार रकम भने बढ्न सकेन । बिहीबार कारोबार रकममा सामान्य गिरावट आउँदै ६३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ६१ कम्पनीको ११ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL