Logo

आईएमई छक्कापञ्जा अफरमा राई बने विजेता, ६ लाखको नि:शुल्क बीमा

आईएमई छक्कापञ्जा अफरमा राई बने विजेता, ६ लाखको नि:शुल्क बीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले प्राप्त गरेका छन् ।
सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका राई दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको सो योजनामा विजेता भएका हुन् ।

विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने कमपनीले जानकारी दिएको छ ।

भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् । मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ ।

कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्टमार्फत सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL