Logo

बैंकिङ समुहमा पहिरो जाँदा ओरालो लाग्यो नेप्से, १५ सय बाट ओर्लियो परिसुचक

बैंकिङ समुहमा पहिरो जाँदा ओरालो लाग्यो नेप्से, १५ सय बाट ओर्लियो परिसुचक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । बजारमा बैंकिङ समुहको परिसुचक ओरालो लागेसँगै नेप्से परिसुचक ९ अंकभन्दा बढीले ओरालो लागेको हो । बुधबार नेप्से परिसुचक १ हजार ५ सय अंकभन्दा तल झरेर अडिएको छ ।

बजारमा सबैभन्दा बढी बैंकिङ समुहका परिसुचक ओरालो लागेका छन् । जसमा विकास बैंक समुह २४ अंकले ओरालो लाग्दा बाणिज्य बैंक समुहको परिसुचक ११ दशमलव २६ अंकले घट्न पुग्यो । बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई बोनस सेयर तथा नगद लाभांस वितरणको घोषणा गरेपनि ठिक त्यसको विपरित नेप्से परिसुचक भने ओरालो लागिरहेको छ ।

यसैगरी बजारमा उत्पादनमुलक र अतिरिक्त समुहको परिसुचक पनि ओरालो लागेको छ । तर, बीमा, फाइनान्स, जलविद्युतलगायतका समुहको परिसचकु भने सामान्य उकालो लागेका छन् ।

बुधबार कारोबार रकम सामान्य बढ्दै ६३ लाख ६९ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ६० कम्पनीको १२ लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ३ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL