Logo

जेसीबीको आधिकारिक आउटलेट गल्छीमा पनि, बुधबारदेखि सेवा शुरु

जेसीबीको आधिकारिक आउटलेट गल्छीमा पनि, बुधबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।

धादिङ, रसुवा, मकवानपुर लगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो ।

नयाँ ‘एआरओ’को उद्घाटन जेसीबी इन्डिया लिमिटेडका रिजनल सर्भिस म्यानेजर विशाल बन्धु र एआरओका म्यानेजिङ डाइरेक्टर मुरारी आचार्यले संयुक्त रुपमा भएको थियो ।

यसअघि एमएडब्लु अर्थमुभर्सले बनेपा, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ ।

साथै जेसीबी मेसिनको संख्या बढिरहेका स्थान जस्तै हेटौडा र डडेलधुरामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।

जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी भएको कम्पनीको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL