Logo

धागो तथा टेक्सटायल एक्स्पो भदौ ३० देखि, नेपालमा उत्पादित कपडा प्रदर्शनमा राखिने

धागो तथा टेक्सटायल एक्स्पो भदौ ३० देखि, नेपालमा उत्पादित कपडा प्रदर्शनमा राखिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धागो तथा टेक्सटायल एक्स्पो २०१७ भदौ ३० देखि शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो असोज ३ गतेसम्म चल्ने छ । एकस्पोको नेपाल धागो उत्पादक संघले आयोजन गर्न लागेको हो ।

नेपालमा उत्पादित धागोबाट तयार गरिएको पडा,होजियरी,निटिङलगायतलाई एउटै छानामुनी समेटेर प्रचार प्रसार तथा विक्री गर्नै उद्देश्यसहित एकस्पो आयोेजना गर्न लागिएको संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

मेलामा स्वदेशी कपडा, होजियारी र निटिङ उद्योगहरुका लागि आवशयक पर्ने सम्पूर्ण ग्रे तथा रगिन धागोहरुको बारेमा जानकारी दिइने छ ।

मेलामा दैनिक फेसन शो समेत आयोजना गरिने छ । मेलाको ५० हजार जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ । ४० ओटा स्टल रहने छ । मेलामा अवलोकनकताले नि: शुल्क प्रवेश पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL