Logo

मेकोएका उत्पादन नेपालमा, २ बर्षभित्र देशभर पुग्दै

मेकोएका उत्पादन नेपालमा, २ बर्षभित्र देशभर पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय चर्चित होम एप्लायन्स व्राण्ड मेकोएले नेपालमा आफ्नो उत्पादनको विक्री थालेको छ । मेकोएको नेपालस्थित आधिकारीक विक्रेता शुभानी इण्टरप्राइजले यस्ता सामग्री नेपाल भित्राएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमबीच पूर्व मिस नेपाल उषा खड्कीले मेकोएका विभिन्न उत्पादनहरु सार्बजनिक गरेकी हुन् ।

मेकोय ब्राण्डमा मिक्सर ग्राइण्डर, इण्डक्सन कुकर, आइरन, एयर कुलर, ग्यास स्टोभ, फुड प्रोसेसर वाटर हिटरलगायत उत्पादन छन् । मिक्सरमा जोय, इन्स्पायर, डिलाइट, प्यासन, प्राइड र तोपाज गरी ६ ओटा मोडल रहेका छन् । त्यस्तै जुसर मिक्सर ग्राइण्डरमा ब्लिस र कम्फर्ट मोडल छन् ।

त्यस्तै ब्लेज, जोस, जिटी टु, जिटी थ्री र जिटी फोलगायत ५ ओटा मोडलका ग्यास चुलो छन् ।

आगामी दुई बर्षभित्र नेपाली बजारमा आफ्नो व्यापक बजार विस्तार गर्ने उद्देश्यसहित मेकोइ उत्पादन सार्वजनिक गरिएको शुभानी इन्टरप्राइजेजका कार्यकारी निर्देशक रुपकुमार क्षेत्रीले बताए ।

बजारमा उपलब्ध अन्य होम एप्लायन्सभन्दा मेकोए शुुलभ र गुणस्तरिय छ भएको उनको दाबी छ । साथै यी उत्पादन नेपाली उपभोक्ताको माग अनुसारकै रहेको समेत बताए ।

भारतमा क्यानबरा इण्टरनेशनल प्रालीले मेकोए ब्राण्डमा उत्पादन तथा विक्री गर्दै आएको छ । क्यानबरा इण्टरनेशनल भीके ग्रुपको फ्ल्यागसिप कम्पनी हो । भी के होम एप्लायन्समा भारतको सफल कम्पनी हो । क्यानबरा इण्टरनेशनलले आधुनिक प्रविधिबाट निर्मित उत्पादनमात्र विक्रि गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL