Logo

भृकुटीमण्डपमा सुरु भयो दशैंको बेला सस्तो मेला, कपडा जुत्ता लगायतका १ सय ओटा स्टल

भृकुटीमण्डपमा सुरु भयो दशैंको बेला सस्तो मेला, कपडा जुत्ता लगायतका १ सय ओटा स्टल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।दशैंको अबसर पारी बुधबारदेखि भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु सबै उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि राम्रो भएको बताए ।

दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना इभेन्ट सोलुसनले गरेको हो । बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु रहेका छन् ।

१सय भन्दा धेरै स्टलहरु रहेको यो मेला चाडपर्व लक्षित भएको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले आउने बर्षहरुमा पनि यसको निरन्तरता रहने जानकारी दिए ।

इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आवश्यक उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । मेला

अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL