Logo

१२ अंकले उकालो लाग्यो नेप्से, ८३ करोड पुग्यो कारोबार

१२ अंकले उकालो लाग्यो नेप्से, ८३ करोड पुग्यो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ११ दशमलब ९४ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ६६ दशमलब ५० मा पुगेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको हो ।

सो दिन ्बीमा समुहको परिसुचक सबैभन्दा बढी ५५ दशमलब २५ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल २२, विकास बैंक २० दशमलब ६९, बैंकिङ समुह ११ दशमलब ८१,अन्य ९ दशमलब २५,जलविद्युत ३ र फाइनान्स समुहको परिसुचक १ दशमलब २२ अंकले उकालो लागेको छ । यता उत्पादन समुहको परिसुच भने ४८ अंकले ओरालो लागेको छ ।

बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १ सय ६४ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १६ लाख ४३ हजार बराबरको सेयरबाट ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL