Logo

ताम्राकार मोबाइल कम्प्लेक्सको दशै तिहार योजना, मोबाइल किन्दा ६० प्रतिशत छुट

ताम्राकार मोबाइल कम्प्लेक्सको दशै तिहार योजना, मोबाइल किन्दा ६० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना ल्याएको छ । कम्प्लेक्सले यही भदौं २२ गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको हो ।

मोबाइलको मोडल अनुसार ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए । उक्त मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइल रहेका छन् ।

नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले ताम्राकार मोबाइल बजारमा हरेक बर्षझै यस बर्षको दशैं र तिहारमा गरिने मोबाइल महोत्सब पनि सफल हुने बताए ।

मेलामा सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभो मोबाइलको खरिदमा मोडल अनुसार ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल खरिदमा बम्पर उपहार अन्तरगत मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिनेछ । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै बितरण गरिने गरिने छ ।

ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोन पाइनेछ छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने १ थान मोटरसाइकल र १ थान स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै गरिने आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL