Logo

नेको इन्स्योरेन्सको १०% बोनस र ५०% हकप्रद सेयर, असोज १० मा बोलायो साधारणसभा

नेको इन्स्योरेन्सको १०% बोनस र ५०% हकप्रद सेयर, असोज १० मा बोलायो साधारणसभा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेको इन्सुरेन्सले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गरेपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

इन्स्योरेन्सल गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिन लागेको हो । कम्पनीले हकप्रद सेयरको प्रस्ताव पारितका लागि आगामी असोज १० गते हुने वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।

कम्पनी कम्पनीको चक्ता पूँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । उक्त पूँजीको १० प्रतिशत बोनस वितरण गरे त्यसको आधारमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै बीमा कम्पनीहरुले बोनस तथा हकप्रद सेयर ल्याउने घोषणा गरेका हुन् ।

नेकोले बोनस तथा हकप्रदका लागि भदौ २९ देखि असोज १० गतेसम्म बुक क्लोज हुने भएको छ । असोज ६ गतेसम्म नामसारी प्रकृया पुरा भएका सेयरधनीले मात्र वार्षिक साधारणसभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL