Logo

बुधबारदेखि स्टक क्लियरेन्स मेला, कपडा जुत्तालगायत १ सय भन्दा बढी स्टल

बुधबारदेखि स्टक क्लियरेन्स मेला, कपडा जुत्तालगायत १ सय भन्दा बढी स्टल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबारदेखि राजधानीको भृकुटीण्डपमा शुरु हुने स्टक क्लियरेन्स मेलाको तयारी पुरा भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो ।

भदौ २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिनेछ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै प्रदर्शनीकर्ताहरुले ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए ।

इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए ।

मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।मेलामा इकमर्स पार्टनर बनेको सर्पभा डट कमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL