Logo

नाडा अटो शोमा २ हजार सवारीसाधन बुक, ५० हजारले गरे अबलोकन

नाडा अटो शोमा २ हजार सवारीसाधन बुक, ५० हजारले गरे अबलोकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नाडा अटो शोको पाँचौं दिनसम्म आइपुग्दा २ हजारभन्दा बढी सवारीसाधन बुक भएको छ । यही भदौं १३ गतेदेखि शुरु भएको ‘नाडा अटो शो २०१७’ मा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी २ हजार भन्दा बढी सवारीसाधन बुकिङ भएको नेपाल अटो मोबाइल्स डिलर्स एशोसिएशन (नाडा) का महासचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दुलालका अनुसार नाडा अटो शोको पाँचौं दिनसम्म ५० हजारभन्दा बढी व्यक्तिले नाडा अटो शोको अवलोकन गरेका छन् । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जामा लिएको नयाँ नीति तथा नयाँ/नयाँ सवारीसाधन सार्वजनिक गर्ने क्रमसँगै मेलामा गाडी बुकिङ गर्ने क्रम बढेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सवारीकर्जामा ३५ प्रतिशतमात्र डाउनपेमेन्ट गरे पुग्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘डाउनपेमेन्टको व्यवस्थालाई ५० प्रतिशतबाट ३५ मा झारेसँगै सवारीसाधन बुकिङको चाप बढेको हो ।’

मेलामा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहेका छन् । यस्तै विभिन्न कम्पनीले नयाँनयाँ सवारीसाधनहरु सार्वजनिक गरेका छन् । बैंकहरुले स्टलबाटै सहज रुपमा कर्जा उपलब्ध गराउने र डाउनपेमेन्ट पनि कम गर्नुपर्ने भएकाले सवारी बुकिङको चाप बढेको उनले जानकारी दिए । साथै मेलामा छुट अफर पनि भएकाले सवारी बिक्री बढेको हो ।

मेलामा फक्सवागन, डाटसन, टाटा, महिन्द्रा, सुजुकी, किया, रेनो, स्कोडालगायतका कम्पनीले नयाँ नयाँ मोडलका सार्वजनिक गरेका छन् ।

आजसम्म चल्ने सो मेलामा नेपालमा उपलब्ध सबै ब्रण्डका सवारीसाधनका लगायत त्यसका लागि आवश्यक पार्टपुर्जा तथा लुब्रिकेन्ट्स उपलब्ध छन् । अटो शोमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्रि तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL