Logo

ललितपुर मोबाइल एक्स्पो शुक्रबारदेखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट

ललितपुर मोबाइल एक्स्पो शुक्रबारदेखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने भएको छ । मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।

शुक्रबार देखि २६ गतेसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । ललितपुर मोबाइल कम्प्लेक्स तथा ललितपुर मलले यसअघि पनि भव्यरुपमा मोबाइल एक्स्पो सम्पन्न गरेको अनुभव रहेको छ । कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए ।

एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखेको उनले जानकारी दिए ।

ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले यस क्षेत्रको आर्थिक र व्यवसायीक विकास गर्न मलले प्रयास गरिरहेको भन्दै मलमा आउने हरेक ग्राहकहरुलाई नयाँ नयाँ सुविधाहरु प्रदान गरिरहेको बताए । मलले आगामी दिनमा अझ बढि सुविधाका साथ नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्ने जानकारी उनले दिए ।

एक्स्पो अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखिएको छ ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो । जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् ।

ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । असोज ३ गतेसम्म आयोजना हुने यो मोबाइल कम्प्लेक्समा न्यूनतम रु ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।

मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, डिटिसी, लाभा, कलर्स, सोनी, वान प्लस ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL