Logo

शुरु भयो बर्षकै ठूलो अटो मेला, गाडी र फाइनान्स सुविधा एकै ठाउँमा

शुरु भयो बर्षकै ठूलो अटो मेला, गाडी र फाइनान्स सुविधा एकै ठाउँमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बर्षकै सबैभन्दा ठूलो अटो मेला ‘नाडा अटो शो’ आजबाट शुरु भएको छ । अटोमोबाइल्स डिलर्स एशोसिएसन अफ नेपाल(नाडा)को आयोजनामा भृकुटीमण्डपमा उक्त मेला शुरु भएको हो ।

मेलाको भौतिक, पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री वीरबहादुर बलायरले उद्घघाटन गरेका छन् । उपभोक्तालाई नेपालमा पाईने सम्पूर्ण सवारीसाधनको एकै स्थानमा उपलब्ध गराइने उक्त मेलामा फाइनान्सिङको सुविधा पाइनेछ । सेवाग्राहीले कुनै पनि ब्राण्डको सवारीसाधन, तिनका पार्टपुर्जा तथा सुरक्षाको बारेमा एकै थलोबाट जानकारी लिन सक्ने भएकाले पनि मेलाले बढी प्राथमिकता पाएको छ । आयोजकले यस पटकको मेलालाई अझ भब्य र सब्य बनाउने ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई चयन गरेको छ ।

यसपालीको मेलामा साना ठूला गरी १ सय ३० वटा स्टलहरु रहने र १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहने नाडाले जानकारी दिएको छ । यस्तैगरी ८ वटा बाणिज्य बैंक, १ बीमा कम्पनी तथा ३३ वटा स्पेयर्स पार्ट्स तथा लुब्रिकेन्ट कम्पनीहरुले भाग लिएका छन् ।

अटो शोमा नयाँ नयाँ गाडी सार्वजनिक, विशेष छुट तथा विभिन्न बैंक वित्तीय कम्पनीले पनि सोही अनुरुप फाइनान्सको सुविधा दिने भएकाले पनि गाडीका पारखीहरुका लागि चासोको विषय बनेको छ । यस पटकको मेलामा थुप्रै ब्राण्डका नयाँ मोडल सार्वजनिक हुने र नेपाल राष्ट्र बैंकले पनि सवारीसाधन कर्जाको सीमामा केही छुट गरेकाले बढी गाडी विक्री हुने आयोजकले अपेक्षा गरेको छ ।

भदौं १८ गतेसम्म चल्ने सो मेलामा सबै ब्रण्डका सवारीसाधनका लगायतक त्यसका लागि आवश्कय सबै पार्टपुर्जा तथा लुब्रिकेन्ट्स पाइनेछ । अटो शोमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्रि तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ ।

मेलाको प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमइ अटोमोटिभ्सले प्रायोजन गरेको यूएम रेनेगेड कमाण्डो २३० सीसीको मोटरसाइकल दिने दिइने छ । आयोजकले ६ दिनसम्म चल्ने प्रदर्शनीको झण्डै ५० हजारले अवलोकन गर्ने अनुमान गरेका छन् ।

नाडाले अटो शोबाट हुने आम्दानीबाट ५ लाख रुपैयाँ बाढीपीडितलाई सहयोग उपलब्ध गराउने समेत आयोजकले जनाएका छन् । यसअघि नाडाले बाढीपीडितका लागि ५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL