Logo

ओप्पोद्वारा ए३७को ब्ल्याक एडिशन सार्वजनिक,सेल्फी अब थप आकर्षक

ओप्पोद्वारा ए३७को ब्ल्याक एडिशन सार्वजनिक,सेल्फी अब थप आकर्षक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ए३७लाई कालो रंगमा उपलब्ध गराएको छ । क्यामेरा फोन मार्फत पृथक अनुभव दिने सोचसहित ओप्पो ए३७ कालो रंगमा उपलब्ध गराएको हो ।

हालै सार्वजनिक गरिएको नयाँ एडिशनमा परिस्कृत कलरओएस ३.०का साथै २ उच्च कार्यसम्पादन क्षमता सहितका क्यामेरापनि जडान गरिएको कम्पनीले जानकारी दिएको छ । ओप्पो ए३७ को बजार मूल्य रु. १५ हजार ५ सय ९० निर्धारण गरिएको छ । ‘ओप्पो ए३७ पहिलो पटक गोल्ड (सुनौलो) रङमा सार्वजनिक गर्दा देखि नै यसलाई कालो रंगमा पनि उपलब्ध गराउन उपभोक्ताले अनुरोध गरिरहेका थिए,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘नयाँ आकर्षक कालो रंगमा उपलब्ध गराउन पाउँदा निकै हर्षित छौँ ।’

ओप्पो ए३७ले न्यून प्रकाश भएका स्थानमा समेत आकर्षक सेल्फी अनुभव प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको ५ मेगा पिक्सेल क्षमताको फ्रण्ट क्यामेरामा १÷४ ईञ्च सेन्सर र आफ्नो मूल्य श्रेणीमै सर्वाधिक ठूलो १÷४ म्यूएम पिक्सेल सहितको ओम्निबीएसआई+ (ब्याकसाइड ईल्लुमिनेशन) उपलब्ध गराएको छ । यसले प्रकाश समवेदनशिलता बढाई फोटोमा न्वाइज घटाउन उल्लेख्य मात्रामा सघाउँछ ।

डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि अर्थात् स्क्रिन फ्ल्यास फिचरको सुविधा सहितको यो फोनले जुनसुकै अवस्थानमा प्राकृतिक तथा उज्यालो सेल्फीको सुनिश्चितता प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

आफ्ना लाखौँ उपभोक्ताबाट प्राप्त सुचनाका आधारमा फोनमा रहेको ब्यूटिफिकेशन फिचरलाई थप परिस्कृत गरिएको कम्पनीले बताएको दिएको छ । नयाँ फोनले ७ भिन्न ईन्टेलिजेन्ट ब्यूटिफिकेशन सपोर्ट गर्नुका साथै भिन्दा भिन्दै स्किन टोनलाई दृष्टिगत गर्दै २ छुट्टै मोडपनि उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई आफ्नो उत्कृष्ट पाटो उजागर गर्न उल्लेख्य मद्दत गर्छ ।

ए३७मा १÷३.२ ईञ्च ब्याक ईल्लुमिनेटेड सेन्सर र १.४ म्यूएम पिक्सेल क्षमता सहितको ८ मेगा पिक्सेलको रियर क्यामेरा उपलब्ध छ । यसले पनि प्रकाश सम्वेदनशिलता बढाउँदै न्वाइज घटाउन उल्लेख्य सघाव पु¥याउँछ । साथै, यसमा रहेको क्यामेराले तस्विरलाई तस्विरमा रहेका कमी कमजोरी हटाउँदै जिवन्त दृष्य खिच्न समेत सहयोग गर्ने कम्पनीको दाबी छ ।

त्यसैगरी, फोनमा अल्ट्रा–एचडी मोडको सुविधापनि उपलब्ध छ । यो मोडले लगातार ५ तस्विर खिचेर तिनमा रहेका उत्कृष्ट पाटो मात्र समाहित गरी जीवन्त रंग र विवरण सहित २४ मेगा पिक्सेलको तस्विर कैद गर्न सघाउँछ । फोनमा ९ आकर्षक फिल्टर र सुटिङ मोडको ब्यवस्थापनि रहेको छ । साथै, सृजनसिलता र स्टाइललाई बढावा दिने सोचका साथ फोनमा डबल एक्स्पोजर र स्लो सटर लगायत सुविधापनि रहेका छन् ।
फोनको डिजाइन गरिँदा यसको आकर्षणका साथै समाउन तथा कार्य सम्पादनमा सहजतालाई समेत विशेष प्राथमिकता दिइएको छ । फोनमा रहेको ५ ईञ्च डिस्प्लेलाई २.५ डी कोरनिङ गोरिल्ला ग्लास ४को प्रयोग गरिएको छ । यसले फोनलाई प्रिमियम लुक्स दिनुका साथै थप सुरक्षा समेत प्रदान गर्छ ।

बलियो म्याग्नेसियन आल्मुनियम अलोए फ्रेमवर्क सहित जडान गरिएको ए३७को वजन जम्मा १ सय ३६ ग्राम मात्र रहेको छ । ओप्पो ए३७मा २ जीबी ¥याम र ६४ बिट स्न्यापड्रायगन क्वाडकोर प्रोशेसरको प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई तिब्र कार्य सम्पादनमा सघाउनुका साथैै सहज मल्टिटास्किङको अवसर समेत प्रदान गर्छ । प्रयोगकर्तालाई आफ्ना तस्विर तथा मिडिया सञ्चय गर्नका लागि स्पेशको अभाव महशुस नहोस् भन्ने सोचका साथ १६ जीबी रोमको सुविधा फोनमा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई १ सय २८ जीबी सम्म बढाउन सक्छन् ।

फोनमा दूई फोरजी सिम स्लोटसंगै सञ्चय क्षमता थप्नका लागि एक्स्पान्डेबल मेमोरी स्लोटको ब्यवस्थापनि रहेको छ । यसको सहायताबाट प्रयोगकर्ताले १ सय ५० एमबीपीएस सम्मको गति सम्पादन क्षमता प्राप्त गर्न सक्छन् ।
कलरओएस ३.०मा विशेष गोपनियता सुरक्षा फिचरपनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL