Logo

नेपाल इन्स्योरेन्सका सेयर धनीलाई शतप्रतिशत हकप्रद, भदौं १६ मा बुकक्लोज

नेपाल इन्स्योरेन्सका सेयर धनीलाई शतप्रतिशत हकप्रद, भदौं १६ मा बुकक्लोज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयर धनीलाई सतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी बृद्धिका लागि हकप्रदको बाटो रोजेको हो ।

कम्पनीले उक्त प्रस्ताव पास गर्न यही भदौ ३० गते ६७ र ६८ औ बार्षिक साधारणसभा एकै पटक बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले सेयर धनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पशे गर्ने भएको छ । नेपाल इन्स्योरेन्सले उक्त बोनस सेयर जारी पश्चात शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख रुपैयाँ मात्र पुग्ने छ पुग्नेछ । तर कम्पनीले बीमा समितिको निर्देशन अनुरुप १ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।

हकप्रद निष्काशनको लागि कम्पनीले भदौ १६ देखि ३० सम्म बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL