Logo

फोर्डको क्यासमा क्यास अफर, ८० हजारदेखि ४ लाखसम्म नगद छुट

फोर्डको क्यासमा क्यास अफर, ८० हजारदेखि ४ लाखसम्म नगद छुट


बिजखबर संवाददाता
0
Shares

फोर्ड मोटर्सले चाडपर्वलाई लक्षित गरी ‘फोर्ड क्यासमा क्यास‘ अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले फोर्ड गाडीको खरिदमा नियमित क्यास छुटका साथै लक्की ड्र मार्फत ८० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म अतिरिक्त नगद छुट पाउनेछन् ।

उक्त अफरमा कुनै पनि ब्राण्डको गाडी सट्टापट्टा गरी नयाँ गाडी लिन सकिनेछ । सो अवधिमा गाडी खरिद गर्नेले ३० हजार रुपैयाँसम्म अतिरिक्त सामान पाउने कम्पनीले जानकारी दिएको छ ।

फोर्ड गाडीको बुकिङ्गमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछ र उक्त कोड कम्प्युटर प्रोग्राम मार्फत तुरुन्त ग्राहकले पाउने अतिरिक्त छुट घोषणा गर्नेछ ।

फोर्डले आफ्नो गाडिहरुमा ८० प्रतिशतसम्मकोे फाइनान्सको व्यवस्था साथै ८ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराईने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो योजना नेपालभर फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेन्जर र एन्डेभरमा लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL