Logo

हुण्डाई मोटर्सले ल्यायो ‘हुण्डाई फेष्टिवल डिलाईट’ योजना, नगददेखि गाडी जित्ने मौका

हुण्डाई मोटर्सले ल्यायो ‘हुण्डाई फेष्टिवल डिलाईट’ योजना, नगददेखि गाडी जित्ने मौका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुण्डाई मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले चाडपर्वलाई लक्षित गरी ‘हुण्डाई फेष्टिवल डिलाईट’ योजना ल्याएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको उत्सव मनाउने लक्ष्य अनुरुप उक्त योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले नगद ५ लाख रुपैयाँसम्मको छुट र १ वर्षे निःशुल्क बीमा पाउनेछन् । यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट साथै लक्की–ड्र मार्फत १ सय जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत एउटा हुन्डाई इलाईट आई २० र हुन्डाई एसेन्ट गाडी जित्न सक्नेछन् ।
यो योजनाको भदौं ८ गते देखि कार्तिक २६ गतेसम्म लागू हुनेछ । सबै हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL