Logo

विश्वज्योति मलमा सुरु भयो फेस्टिभ कार्निभल, ५० प्रतिशतसम्म छुट

विश्वज्योति मलमा सुरु भयो फेस्टिभ कार्निभल, ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वज्योति मलमा फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले भदौ ८ गतेदेखि कार्निभल सुरु गरेको हो । कार्निभल अबधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने छन् ।

भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निःशुल्क कुपन बितरण गर्नेेछ । उक्त कुपनबाट मल पुग्ने जो कोहीले पनि गोलाप्रथाबाट साप्ताहिक रुपमा मोबाइल फोन, दैनिक रुपमा सपिङ भौचर तथा लञ्च कुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

त्यसै गरी लाइभ म्युजिक, फेशन शो तथा गेम शो कार्निभलको आकर्षणका रुपमा रहने छन् । खाने प्रतियोगिता समेत सञ्चालन हुने कार्निभलमा आईसक्रिम, मम तथा बर्गर खाने प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

निशुल्क फेस पेन्टिङ, जादु प्रदर्शन तथा हास्य व्यङ्ग्य प्रदर्शनी समेत हुने कार्निभलमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए ।

एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका मलको तेस्रो तल्लामा विश्वज्योति मोबाइल मार्ट यस अघि नै सञ्चालनमा आएको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL