Logo

भदौं १६ देखि ललितपुर मोबाइल एक्स्पो, ७० प्रतिशतसम्म छुट

भदौं १६ देखि ललितपुर मोबाइल एक्स्पो, ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मोबाइल कम्प्लेक्सले दशैं तथा तिहारको अवसर पारेर मोबाइल एक्स्पो गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको उक्त मोबाइल कम्प्सेक्सले यही भदौं १६ गतेदेखि मोबाइल एक्स्पो गर्न लागेको हो ।

मोबाइल एक्स्पोमा कुनै पनि ब्राण्डको मोबाइल खरिदमा ग्राहकले ५ देखि ७० प्रतिशतसम्म छुट पाउने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत ग्राहकले पावर ब्याङ्क, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सय रुपैयाँ देखि १ लाख ४० हजार रुपैयााँसम्मको विभिन्न ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेका छन् । सो एक्स्पो भदौं १६ गतेसम्म चल्नेछ ।

कम्प्लेक्सको एक्स्पोमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका अफर ल्याएको छ । एक्स्पोमा सामसुङ, हुवावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL