Logo

नेपाली बजारमा भित्रियो डीआईडी चेन, आधिकारीक बिक्रेतामा सत्यदिप

नेपाली बजारमा भित्रियो डीआईडी चेन, आधिकारीक बिक्रेतामा सत्यदिप


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । डाइडो इन्डियाको उत्पादन डीआईडी ब्रान्डको बाइक चेन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि डीआईडीको आधिकारीक बिक्रेता सत्यदिप इन्टरनेसनलले उक्त चेन किट नेपाली बजारमा भित्र्याएको हो ।

एक कार्यक्रमका बीच डाइडो इन्डियाका म्यानेजिङ डाइरेक्टर कात्सुसी कियोसिगे र डेपुटी जनरल म्यानेजर अंकुश जैन तथा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले संयुक्त रुपमा चेन किट सार्वजनिक गरे ।

जापानमा मूख्य कार्यालय रहेको डाइडो कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन थालेको हो । विश्वका दुई पांग्रे सवारी साधनहरु मध्ये ६० प्रतिशत भन्दा बढीमा यही ब्रान्डको चेन किट प्रयोग गरिएको कम्पनीको दावी छ । डीआईडीका चेन हिरो, बजाज, टीभीएस, होन्डा, यामाहा आदि कम्पनीका रेसिङ बाइकहरुमा समेत प्रयोग गरिएको कम्पनीका डेपुटी जनरल म्यानेजर अंकुश जैनले बताए । हाल कम्पनीले विश्वका विभिन्न ११ देशका १४ स्थानमा डीआईडी चेन उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL