Logo

भृकुटीमण्डपमा दशै विशेष मेला, हरेक सामग्रीको खरिदमा छुट

भृकुटीमण्डपमा दशै विशेष मेला, हरेक सामग्रीको खरिदमा छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको छ । ‘दशैंको बेला सस्तो मेला’ स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो ।

भदौ २१ गतेबाट २६ गते सम्म गर्न लागिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आवश्यक सामाग्रीहरुको कारोबार गरिने छ । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, मोबाइल, कस्मेटिकलगायत समग्रीको कारोबार गरिने आयोजकले जानकारी दिएको छ ।

१ सय भन्दा बढी स्टल रहने यस मेलामा दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने आयोजकले बताएको छ । ६ दिन सम्म चल्ने यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले जानकारी दिए ।

उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्बसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL