Logo

बजाजले ल्यायो ‘६ नि शान’ योजना, मोटरसाइकल किन्दा ६ लाख नगद पुरस्कार

बजाजले ल्यायो ‘६ नि शान’ योजना, मोटरसाइकल किन्दा ६ लाख नगद पुरस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाज मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले दशै तिहारका लागि ‘६ नि शान’ नामक योजना ल्याएको हो ।

सो योजनाको अवधिभर बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन मार्फत ६ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । योजनामा सहभागी हुनका ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्ट्रिब्यूटरबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।

एचएच बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध रहेको र सोही अनरुप नयाँ योजना ल्याइएको हंसराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए । ‘हामी हाम्रा ग्राहकहरुका सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि दशैं तिहारभन्दा राम्रो उत्सव के हुन सक्छ,’ उनले भने, ‘हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउने छन् र योजनाबाट लाभान्वित पनि हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL